सोलुखोला जलविद्युत्‌मा पाईप विस्फोटः दुई इन्जिनियरको मृत्यु, एक घाइते

केन्द्रभाग मिडिया

सोलुखुम्बु ।

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा पाईप विस्फोट हुदाँ २ इन्जिनियरको ज्यान गएको छ ।

पानी परीक्षणका क्रममा पाईप विस्फोट हुदाँ दुई इन्जिनियरको ज्यान गएको हो भने परियोजना व्यवस्थापक घाईते भएका छन् । जलविद्युत् आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो ।

घाइते परियोजना व्यवस्थापक मोहम्मद राइनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको र उनीे कम्मरमुनिको भाग चल्न नसक्ने अवस्थामा रहेको बताइएको छ।

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर नै गम्भीर घाइते भएका छन् । विराटनगर निवासी

  • १२ पुष २०७८, सोमबार १२:५७ प्रकाशित