माओवादीको ७ सदस्यीय अध्यक्षमण्डलमा को-को परे ?हेर्नुहोस नाम

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको ८औं महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ । बिहान ११ बजेबाट सुरु भएको बन्दसत्रमा ७ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

नेताहरू कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश शाह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रुपा श्रेष्ठ महर्जनलाई अध्यक्षमण्डलमा राखिएको छ ।

नेता नारायणकाजी श्रेष्ठले प्रस्ताव गरेका नामलाई हलले अनुमोदन गरेको छ ।

  • १२ पुष २०७८, सोमबार १२:४३ प्रकाशित