मुद्रा विनिमयदरः आज डलर, युरो,रियाल, रिगिंट लगायतको मुल्य कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

साताको दोस्रो दिन आज सोमबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १२० रुपैयाँ ३४ पैसा कायम गरेको छ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३६ रुपैयाँ २१ पैसा रहेको छ ।यस्तै आज युके पाउन्ड स्टलिङको एकको खरिददर १६० रुपैयाँ ३० पैसा र बिक्रीदर १६१ रुपैयाँ १० पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५१ पैसा र बिक्री दर ८६ रुपैयाँ ९५ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्री दर ३२ रुपैयाँ ०५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ ।

  • १२ पुष २०७८, सोमबार १०:३९ प्रकाशित