न्यु इयर नजिकिएसँगै नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कर्फ्यु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नयाँ दिल्लीमा आजबाट रात्रिकालीन कफ्र्यु लाग्ने भएको छ । कोरोना संक्रमणका विरामी बढ्दै गएपछि आजबाट रात्रिकालीन कर्फ्यु जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

दिल्ली प्रदेश सरकारले सोमबार राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको जनाइएको छ ।नजिकिंदो नयाँ वर्ष २०२२ को अवसरमा आयोजना हुने भिडभाडयुक्त कार्यक्रमबाट संक्रमण झन् बढी नफैलियोस् भनेर रात्रिकालीन कर्फ्यु लगाइएको हो ।

गत २४ घण्टामा नयाँदिल्लीमा कोरोनाका २९० नयाँ संक्रमित फेला परेका थिए । यो संख्या यसै वर्षको १० जूनपछिकै धेरै हो ।

  • १२ पुष २०७८, सोमबार १०:२३ प्रकाशित