एमालेको १० औं महाधिवेशनमा अध्यक्षको उम्मेद्वार बन्ने महासचिव पोखरेलको संकेत

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमालेको आगामी महाधिवेशनमा आफू अध्यक्षमा उम्मेद्वार बन्ने संकेत गरेका छन् ।

काठमाडौंको बसुन्धरामा सोमबार केही पत्रकारहरुसँगको छलफलका क्रममा महासचिव पोखरेलले अध्यक्षका लागि आफू योग्य भए पनि आवश्यक सल्लाहपछि मात्रै अघि बढ्ने बताए।

अध्यक्षको उम्मेदवार उठ्ने नउठ्ने विषयमा कार्यकर्ताहरुसँग सल्लाहपछि मात्रै निर्णय लिने उनको प्रतिक्रिया थियो । एमालेको १० औं महाधिवेशन मंसरमा हुँदैछ ।

अगामी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई टक्कर दिने पार्टीमा कोही नरहेको विश्लेषण गरिएको बेला महासचिव पोखरेलले अध्यक्षमा उठ्ने संकेत गरेका हुन् । ‘अध्यक्षमा उठ्ने नउठ्ने कुरा देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्छ उनले भने, ‘मेरो क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्ष हुन योग्य भएको ठानेको छु’ उनले भने ।

  • १४ भाद्र २०७८, सोमबार १७:५४ प्रकाशित