नेताहरू नीति, विधि र नियममा नबाँधिँए देश असफल हुन्छ : माधव नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

पोखरा ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेताहरू नीति, विधि र नियममा नबाँधिँदा देश असफल बताएका छन्।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने धारणा राखे।

‘किन देश असफल हुन्छ । त्यस विषयमा लेखिएको छ मानिस, नेता र पार्टी नियममा बाँधिन चाहँदैन । नीति, विधि र विधानमा बाँधिन नचाहँदा देश असफल हुने रहेछ’ नेपालले भने ।

अध्यक्ष नेपालले जनताको विश्वास जित्ने कुरा गरेर मात्र पर्याप्त नहुने भन्दै काम र व्यवहरलाई जनताले अनुभूत हुने गरी राजनीतिक दलहरूले काम गर्नुपर्ने बताए ।

अध्यक्ष नेपालले भ्रष्टाचरालई निमिट्यान्न नपारेसम्म राजनीतिक दलहरूले जनताको मन जित्न नसक्ने भन्दै परिवर्तन नेपाली जनताको हितका लागि हुनुपर्ने बताएका थिए । यस्तै भ्रष्टाचारका कारण जनतामा नेताहरूप्रति वितृष्णा उत्पन्न भएको उनले बताए ।

  • ११ पुष २०७८, आईतवार १८:५४ प्रकाशित