गण्डकी अपडेटः १ संक्रमितको मृत्यु, २३ जनामा कोरोना पोजेटिभ

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो अपडेट अनुसार गण्डकी प्रदेशमा १ संक्रमितको ज्यान गएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी दिए अनुसार पोखरा महानगरपालिका ३२ का ७५ वर्षीय संक्रमित वृद्धाको मृत्यु भएको हो ।

उनको संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गएको निर्देशनालयले जनाएको छ।यो सँगै प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ३८ संक्रमित निको भएका छन् । भने २३ जनामा संक्रमण पुष्टि भएको छ ।२१८ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमित हुनेमा कास्कीका १७, बागलुङका २, स्याङ्जाका २, नवलपरासीका १ र म्याग्दीका १ जना रहेका छन् ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ३६३ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ८११ रहेको छ ।

प्रदेशमा हालसम्म ३ लाख ५५ हजार ६०६ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १२६ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १११ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • ११ पुष २०७८, आईतवार १६:५३ प्रकाशित