खेल्ने क्रममा पानीको खाल्डोमा खस्दाँ २ वर्षीया बालिकाको मृत्यु

केन्द्रभाग मिडिया

dead

पोखरा ।

नवलपरासी पूर्वमा एक बालिकाको पानीको खाल्डोमा डुबि मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी पौने १२ बजे खेल्ने क्रममा खाल्डोमा खस्दा २ वर्षीया जेनिसा चौधरीको ज्यान गएको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

पूर्व मध्यविन्दु नगरपालिका-१ सेतापानी स्थित रहेको नवलपुर इट्टा भट्टिमा काम गर्ने करिस्मा चौधरीले छोरी जेनिसालाई पनि साथैमा इट्टाभट्टी भित्र लगेकोमा बालिका पानीको खाल्डोमा खस्न पुगेकि थिइन् ।

  • ११ पुष २०७८, आईतवार १६:४१ प्रकाशित