बिहारमा खाद्य प्रशोधन कारखानामा विष्फोट, ६ जनाको मृत्यु

केन्द्र खबर

एजेन्सी ।

पूर्वी भारतको बिहार राज्यमा खाद्यान्न प्रशोधन गर्ने कारखाना भित्रको बोयलर विष्फोट हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

बिहारको राजधानी पटनाबाट ७१ किलोमिटर उत्तरमा रहेको मुजफ्फरपुर जिल्लामा रहेको चाउचाउ बनाउने कारखानाभित्र बोयलर विष्फोट भएको थियो ।

उद्धार प्रयासहरू भइरहेका छन् र भग्नावशेषमा हराइरहेकाको खोजी तिब्र बनाइएको मुजफ्फरपुरका जिल्ला मजिस्ट्रेट प्रवण कुमारले बताएका छन् । विष्फोटपछि उद्धारकर्ता र दमकललाई घटनास्थलमा खटाइएको छ र अनुसन्धान भइरहेको छ ।

  • ११ पुष २०७८, आईतवार १६:०५ प्रकाशित