पूर्वसांसद कर्माचार्यद्धारा एमाले परित्याग गरेको घोषणा

केन्द्रभाग मिडिया

काठमाडौँ ।
पूर्वसांसद तथा एमाले नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । कर्माचार्यले एमालेसँगको ४ दशक लामो सहकार्य आइतबाट समाप्त भएको जानकारी दिएका छन् । उनी सिन्धुपाल्चोकका नेता हुन् । एमाले बैचारिक रुपमा समस्यग्रस्त भएको र आन्तरिक मुल्याङकन पद्धति नभएका कारण आफु अलग भएको उनले बताए ।

२०५६ सालको आमनिर्वाचनमा कर्माचार्य सांसद निर्वाचित भएका थिए । लामो समयसम्म माधवकुमार नेपाल निकट रहेका उनी पार्टी विभाजनपछि पनि एमालेमै थिए ।

अन्य राजनीतिक दलमा जानेबारे निर्णयमा नपुगेको उनले बताए । एमाले १० औँ महाधिवेशनमा केन्द्रीय सदस्यको अकांक्षी रहेका कर्माचार्य केन्द्रीय सदस्यमा नपरे पछि ओली प्रति असन्तुष्टि बनेका थिए । मनोनित गर्ने आश्वासन पाए पनि उनि मनोनित भएनन् ।

 

  • ११ पुष २०७८, आईतवार १५:३६ प्रकाशित