प्रधानन्यायाधीश जबराको सम्पत्ति छानबिनको माग गर्दै उजुरी

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरूले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको ध्यानाकर्षण गराएका छन् ।

डा. गोविन्द केसीसहितका नागरिक अभियन्ताहरु आज ९आइतबार० जबराको सम्पत्ति खोजबिन र अनुसन्धान मागसहित उजुरी दिएका हुन् ।
उनीहरूले प्रधानन्यायाधीश जबराले भाई, धर्मपत्नी, परिवारका अन्य सदस्य एवं नातेदार, उनका निकट न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, व्यापारी एवं पेशेवरहरूको सहयोगमा भ्रष्टाचार गरेको आरोपसमेत लगाएका छन् ।

जबराले आफू विशेष अदालतको न्यायाधीश हुँदा अवैध आर्जन गरेको, करोडौं रुपैयाँ श्रीमती रेजी राणा ९क्षेत्री० मार्फत २०६५ सालमा काठमाडौं महानगरपालिका–३० ठमेलस्थित कित्ता नम्बर १०९ र कि।नं। ११० को बहुमूल्य जग्गा ९हाल करिब ४० करोड भनिएको० मा लगानी गरेको उजुरीमा भनिएको छ ।

  • ११ पुष २०७८, आईतवार १५:२६ प्रकाशित