विचारमाथि दमन नगर्न माओवादी अध्यक्ष प्रचण्डलाई तीन नेताको चेतावनी, तीन नेता को हुन् ?

केन्द्रभाग मिडिया

काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका नेताहरुले आफ्नो विचारमाथि दमन नगर्न अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । आइतबार बिहान भएको केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले वैचारिक विषयमा आफ्नो धारणा रहेको भन्दै त्यसलाई महाधिवेशनमा प्रस्तुत गर्न पाउनु पर्ने माग गरेका छन् ।

पेरिसडाँडामा भएको बैठकमा राम कार्की, परशुराम तामाङ, धर्मदत्त देवकोटासहितका नेताहरुले वैचारिक विषयमा आफूले अघि सारेको धारणामाथि महाधिवेशनमा छलफल हुनुपर्ने माग गरे ।

वैचारिक विषयमा हाम्रो पनि धारणा रहेको भन्दै त्यसलाई पनि महाधिवशेनमा लैजानु पाउनुपर्ने माग केन्द्रीय सदस्यहरुले गर्नु भएको थियो,  बैठकपछि एक केन्द्रीय सदस्यले भने, उहाँहरुले आफ्नो विचारमाथि दमन नगरियोस् भन्ने कुरा उठाउनु भएको थियो ।

बैठकमा देवकोटाले साउनमा भएको केन्द्रीय समितिमा आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि छलफल नै नभएको गुनासो गरेका थिए ।कान्तीपुरबाट

  • ११ पुष २०७८, आईतवार १४:१९ प्रकाशित