लम्बियो माओवादी केन्द्रको महाधिवेशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

आजबाट सुरु हुन लागेको माओवादी केन्द्रको ८ औँ महाधिवेशन लम्बिएको छ ।

पुस ११ बाट १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन गर्ने बताइएकोमा अन्तिम चरणमा आई महाधिवेशनमा रुपान्तरण हुदाँ तीन दिन लम्बिएको हो । महाधिवेशन आजदेखि पुस १६ गतेसम्म चल्नेछ ।

शनिबारको स्थायी समितिको बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने प्रस्ताव गरेको थियो । सो प्रस्ताव आइतबार बिहान बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले अुनमोदन गरेको हो ।

  • ११ पुष २०७८, आईतवार १३:५२ प्रकाशित