शैक्षिक परामर्शका लागि काठमाडौं धाउनुपर्ने अवस्था छैन : प्रवन्ध निर्देशक पोखरेल, गोल्डेन आई एकेडेमी

केन्द्रभाग मिडिया

पोखरा ।

शैक्षीक परामर्श दाता संस्थाहरु पोखरामा प्रसस्त छन् । उनीहरु सबैले आ–आफ्नो ढंगले परामर्सको काम अगाडि बढाइरहेका छन् । यस मध्ये पोखराको सृजनाचोकमा रहेको गोल्डेन आई एकेडेमी विगत १४ वर्षदेखि शिक्षक सेवा आयोग, लोकसेवा अयोग, भाषा कक्षाहरु, कम्प्युटर कक्षा र पब्लिक स्पिकिङ सम्बन्धी परामर्श दिँदै आएको संस्था हो ।

उक्त संस्थाका अध्यक्ष एवं प्रवन्ध निर्देशक शंकर पोखरेल अहिले शैक्षिक परामर्सका लागि राजधानी काठमाडौं धाउन नपर्ने र संघीय राजधानी काठमाडौं बराबरकै सेवा पोखराबाट दिइने बताउँछन् । ‘विगतमा राजधानीमा गएपछि केहि हुन्छ भन्ने थियो । अहिले त्यो मानसिकता बदलिएको छ ।  गोल्डेन आई एकेडेमी  गण्डकी प्रदेशमा पहिलो नम्बरमा आउने शैक्षिक परामर्सदाता संस्था बनेको छ । यतिमात्र नभएर राजधानी काठमाडौंमा रहेका शैक्षिक परामर्शदाता संस्थाभन्दा कुनैपनि हिसावले गोल्डेन आई कम छैन ।’

अध्यक्ष पोखरेलका अनुसार शिक्षक सेवा वा लोकसेवामा परीक्षा दिने विद्यार्थीको आकर्षण अहिले निकै बढेको छ । विद्यार्थीले आफै अध्ययन गर्दा बुझ्न तीन दिन लाग्ने कुरा आफूहरु १० मिनेटमा स्मरण गर्न सक्ने बनाउने उनको दाबी छ ।

‘परीक्षार्थीहरु आफै अध्ययन नगर्ने होइनन् । उहाँहरुको मेहनेत विना त सफलता संभव छैन । तर, हामीले उहाँहरुको सिकाईलाई सहज बनाउँछौं । टेक्निक सिकाउँछौं । अनुभवी प्रशिक्षकहरुले प्रशिक्षण दिनुहुन्छ । परिक्षार्थीहरुले तीन दिनमा स्मरण गर्ने कुरा हामी १० मिनेटमा स्मरण गर्ने बनाउन सक्छौं । त्यस हिसावले पनि परिक्षार्थीहरुले परामर्श लिन जरुरी रहेको उनको भनाई छ ।

  • ११ पुष २०७८, आईतवार १३:२७ प्रकाशित