माओवादीमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने भएका छन् ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले एमालेकै मोडलमा वहुपदीय मोडलको अभ्यास गर्दै १५ सदस्यीय रहने प्रस्ताव गरेको हो ।

जसमा एक अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्ष रहने प्रस्ताव गरेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बैठकले १५ जना पदाधिकारी रहने प्रस्ताव गरेको र यो सबै टुंगो भने महाधिवेशनले नै लगाउने बताए ।

उनकाअनुसार बैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रस्ताव बैठकमा पेश भएको छ तर छलफल र बहस सबै महाधिवेशनमा नै हुनेछ । उनले सो डकुमेन्टको मुख्य–मुख्य विशेषता प्रचण्डले बैठकमा राखेको र महाधिवेशनमा प्रतिवेदन वितरण हुने बताए ।

उनका अनुसार राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको छ ।

  • ११ पुष २०७८, आईतवार १२:५१ प्रकाशित