माओवादीको महाधिवेशनमा ओली नजाने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । ओलीले आफू झापामा भएकाले आउन नसक्ने जानकारी दिएको बताइएको छ ।

अध्यक्ष प्रचण्डले उदघाटन समारोहमा निम्तो गर्न ओलीलाई फोन गरेका थिए । तर ओलीले आफू आउन नसक्ने र महासचिव शंकर पोखरेललाई पठाउने बताएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

एमालेले चितवनमा आयोजना गरेको १० राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा माओवादी अध्यक्ष प्रचण्ड गएका थिएनन् । माओवादीले स्थायी कमिटी सदस्य लिलामणि पोखरेललाई पठाएको थियो ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उदघाटन आज अपराह्न ३ बजे प्रज्ञा भवन कमलादीमा हुँदै छ ।

  • ११ पुष २०७८, आईतवार १०:२२ प्रकाशित