क्रिसमस ट्रीमा आगो लाग्दा दुई छोरासहित बाबुको मृत्यु

केन्द्रभाग मिडिया

अमेरिका ।

अमेरिकाको पेन्सिलभेनियामा क्रिसमस मनाउने क्रममा आगो लाग्दा दुईछोरासहित बाबुको ज्यान गएको छ। बिजुली सर्ट भएर निस्किएको आगो क्रिसमस ट्रीमा सल्किदाँ घरमा आगो लागेको बताइएको छ ।

सुख्खा क्रिसमस रुखमा सल्कीएको आगो अनियन्त्रित रुपमा फैलिदाँ सुतिरहेका उनीहरुको जलेर मृत्यु भएको बताइएको छ। । आगो लाग्दा घरमा पाँच सदस्य दोस्रो तल्लामा सुतिरहेको बताइएको छ । अन्य दुई जना भने जलेकै अवस्थामा भाग्न सफल भएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
घरका सबै ढोकाहरु बन्द गरिएको र आगो अनियन्त्रित रुपले फैलिदाँ फायर मार्सलहरु समयमै भित्र छिर्न नपाउँदा उनीहरुको ज्यान गएको हो ।

  • ११ पुष २०७८, आईतवार १०:१० प्रकाशित