साताको पहिलो दिन आज डलर, युरो,रियाल, रिगिंट लगायत अन्य मुद्राको मुल्य कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७४ पैसा र बिक्री दर १२० रुपैयाँ ३४ पैसा रहेको छ ।

युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ८२ पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ५८ पैसा र बिक्री दर १६१ रुपैयाँ ३९ पैसा कायम छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ७३ पैसा र बिक्री दर ८७ रुपैयाँ १६ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८० पैसा र बिक्री दर १८ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आज साउदी अरबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्री दर ३२ रुपैयाँ ०५ पैसा रहेको छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०५ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६८ पैसा रहेको छ ।

  • ११ पुष २०७८, आईतवार ०९:३९ प्रकाशित