कांग्रेसको पहिलो केन्द्रीय समिति बैठकमा किन गएनन् कोइराला ?

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला केन्द्रीय समितिको पहिलो बैठकमा अनुपस्थित भएका छन् । शनिबार पार्टी कार्यालय सानेपामा बसेको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा कोइराला अनुपस्थित भएका हुन् ।

कोइराला निर्वाचित पदाधिकारी एवं सदस्यहरुको प्रमाणपत्र वितराण गर्ने निर्वाचिन समितिको कार्यक्रममा समेत देखिएनन् । स्रोतका अनुसार कोइराला आज चितवनमा छन् । वरियता क्रममा २० औँ नम्बरमा राखिए पछि उनि असन्तष्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।

पार्टीको विधानअनुसार उनी स्वतः केन्द्रयि सदस्य निर्वाचित हुने छन् । सभापति पदको निकटतम प्रतिस्पर्धी उम्मेदवार स्वतः केन्द्रीय सदस्य हुने कांग्रेसको विधान छ। वरियता विवादले शेखर केन्द्रीय समिति बैठकमा सहभागी नभएको बुझिएको छ । सभापतिमा कोइरालाले ४० प्रतिशत मत प्राप्त गरेका थिए । विधानअनुसार वरियता तोक्ने अधिकार सभापतिलाई छ ।

विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्।

  • १० पुष २०७८, शनिबार १५:०३ प्रकाशित