महामन्त्रीमा गगन र विश्वप्रकाशमा कसको वरियता अगाडी ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसमा नवनिर्वाचित पदाधिकारीहरुको वरियता तोकिएको छ । सभापति शेरबहादुर देउवाले वरियता तोकेका हुन् ।
नेपाली काँग्रेस महामन्त्रीको वरियतामा गगन थापा अगाडि भएका छन् ।

१४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्माभन्दा थापाको वरियता अगाडि राखिएको हो । सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापा निर्धारण गरिएको छ ।

थापा १२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए । दुवै नेता नेविसंघको राजनीतिबाट पार्टीमा प्रवेश गरेका हुन् । विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्।

  • १० पुष २०७८, शनिबार १४:४२ प्रकाशित