अनुदानको रकम फिर्ता जाओस भन्ने हाम्रो चाहना होईन : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग सम्झौता एमसीसीबारे नेपालको राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर नेपाली जनताको भावनालाई केन्द्रविन्दूमा राखेर सम्झौतामा आवश्यक संशोधन र परिमार्जन गरेर अघि बढाउने पक्षमा आफूहरु रहेको स्पष्ट पारेका छन् ।

उनले भने,‘बिना परिमार्जन र बिना संशोधन चाहीँ यो जाँदैन् । त्यसकारण हामीले गठबन्धनमा छलफल पनि गर्यौं । प्रधानमन्त्री र मबीच त धेरैपटक छलफल भएको छ । बुद्धिजिवी र पत्रकाहरुबीच पनि छलफल हुन जरुरी छ ।’ उनले आफूहरु अनुदानमा आएको रकम फिर्ता होस भन्ने नचाहेको स्पष्ट पारेका छन् ।

उनले नेपालको पूर्वाधार विकासको निम्ति पैसा चाहिएको पनि उल्लेख गरे । उनले भने,‘आउने भनेको पैसा जाओस भन्ने हाम्रो चाहना होईन, तर यो बीचमा केपी ओली र अर्थमन्त्रालयबाट जेरजस्ता कामहरु गरिएको छ, त्यसले जनमानसमा आशंका जन्मिएको छ । ती सबै विषयमा क्लियर गर्नुपर्छ ।’

  • १० पुष २०७८, शनिबार १४:१५ प्रकाशित