म सबैको सभापति हुँ,सबैलाई समेटेर निष्पक्ष रूपमा काम गर्छु: सभापति देउवा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैको सभापति भएको बताएका छन् ।

१४ औं महाधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र वितरणका लागि शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले सभापतिमा विजयी भएको प्रमाणपत्र लिँदै आफू पार्टीमा सबैको भावनाको कदर गर्ने बताए। म सबैको सभापति हुँ।

सबैको भावना कदर गर्नेछु उनले भने। आफू सबैको साझा सभापति भएको, र पार्टीलाई अब त्यही ढङ्गले अघि बढाउने बताए ।

सबैको सभापति भएको प्रत्याभूति पार्टीमा दिने उनको भनाई थियो । महाधिवेशनमा निर्वाचन कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेकोमा निर्वाचन समितिलाई देउवाले धन्यवाद दिए।

३३ प्रतिशत महिला सहभागिता अरु दलमा नभएको भन्दै उनले तल्लोतहबाट नै महिलालाई ठाउँ दिएर नेतृत्व कांग्रेसले दिएको उल्लेख गरे।

देउवाले आगामी निर्वाचनमा सबै तहमा जित हात पारेर ठूलो पार्टी बन्नु पर्ने बताए।

  • १० पुष २०७८, शनिबार १३:२९ प्रकाशित