कांग्रेस प्रदेश २ मा सबै पदाधिकारी देउवा पक्षका

केन्द्रभाग मिडिया

जनकपुर ।
नेपाली कांग्रेसको प्रदेश २ को अधिवेशनअन्तर्गतको मतगणना सकिएको छ।

जस अनुसार पदाधिकारीमा पार्टी सभापति शेरबहादुर देउवापक्षले शतप्रतिशत जित हात पारेको छ। प्रदेश २ को सभापतिमा शुक्रबार नै देउवापक्षका कृष्ण यादव विजयी भएका भएका थिए।
त्यस्तै उपसभापति द्वयमा वीरेन्द्र सिंह र चन्द्रशेखर कुमार विजयी भएका छन्। उनीहरु दुवै देउवापक्षका हुन्।

महामन्त्री दुईमा उपेन्द्रकुमार यादव र बृहस्पतिकृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्रीमा पर्शुराम चौधरी र जयनारायण यादव विजयी भएका उनीहरु पनि संस्थापन पक्षका हुन्।

महिला सहमहामन्त्रीमा बिन्दु यादव विजयी भएकी छन्। देउवापक्षीय सभापति कृष्ण यादवल विमलेन्द्र निधि– शेखर कोइराला पक्षका सभापतिका उम्मेद्वार रामसरोज यादवलाई हराएका थिए। विजयी यादव रौतहट कांग्रेस जिल्ला सभापति थिए। पराजित यादव कांग्रेसको प्रदेश २ का संसदीय दलको नेता तथा मन्त्री हुन्।

  • १० पुष २०७८, शनिबार १२:५३ प्रकाशित