मृत भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण

केन्द्रभाग मिडिया

गृहमन्त्री बालकृष्ण खाणले मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक ९एसएसपी० सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन् ।
शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी यादवका परिवारसँग भेट गरेर घटनाबारे जानकारी लिएका हुन् । एसएसपी यादव संघीय इकाइ प्रहरी कार्यालय भैरहवाको निवासमै बिहान ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका थिए ।

गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् । प्रहरी प्रवक्ता वसन्त कुँवरले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

  • १० पुष २०७८, शनिबार ११:५७ प्रकाशित