केन्द्रीय समिति बैठकअघि बालुवाटारमा नवनिर्वाचित पदाधिकारीको बैठक

केन्द्रभाग मिडिया

बालुवाटारमा काँग्रेस नेताहरुको बैठक बसीरहेको छ । भोलि दिउँसो बस्ने नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकअघि नेताहरु छलफलमा जुटेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सभापति शेरबहादुर देउवासहितका नवनिर्वाचित पदाधिकारीहरूको बैठक बसेको हो ।

बैठकमा शेखर कोइराला प्यानलबाट निर्वाचित भएका उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापाको सहभागिता रहेको छ । पदाधिकारीमा शेखर कोइराला प्यानलबाट गुरुङ र थापा मात्रै निर्वाचित भएका थिए ।

बैठकबाट शनिबार बस्ने केन्द्रीय समिति बैठकका एजेण्डा तय गरिने बताइएको छ ।

  • ९ पुष २०७८, शुक्रबार १७:०२ प्रकाशित