थप ६ लाख ६४ हजार डोज फाइजर खोप नेपाल आयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

कोभिड–१९ विरुद्धको थप ६ लाख ६४ हजार ५६० डोज फाइजर खोप नेपाल आइपुगेको छ ।

अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको उक्त परिमाणको खोप शुक्रबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बताए

उनका अनुसार उक्त खोप अहिले टेकुको भण्डारण कक्षमा राखिएको छ । फाइजर खोप माइनस ७० डिग्रीसम्म भण्डारण गर्नुपर्ने हुन्छ । सरकारले आगामी १३ पुसदेखि काठमाडौं उपत्यकासहितका ८ जिल्लामा र केही दिनभित्र बाँकी १२ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो ।

तर, खोपमा प्रयोग हुने घोलक पदार्थ र सिरिन्ज आउनमा ढिलाइ हुँदा खोप अभियान अनिश्चित बनेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार घोलक पदार्थ पुस १४ गते आउने तय भएको छ । तर सिरिञ्ज आउने मिति भने अनिश्चित छ ।

  • ९ पुष २०७८, शुक्रबार १६:५५ प्रकाशित