ओलीलाई प्रचण्डको चेतावनीः ‘आगोसँग नखेल्नुस, आगामी चुनावमा कसको हालत के हुन्छ देखिन्छ’

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् । उनले आज नेकपा मसाल सम्पर्क केन्द्रसँग पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले भनेका छन्,‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट भयो, छ वटै प्रदेशमा मुख्यमन्त्री चट भयो ।’उनले आगामी निर्वाचनमा कसको हालत के हुन्छ भन्दै चेतावनी दिए ।

एमालेतिर संकेत गर्दै प्रचण्डले अवसरवादीहरु पार्टी प्रवेशका नाममा गाउँगाउँमा केही मान्छेको सिला खोज्दै हिँडेको बताए ।

  • ९ पुष २०७८, शुक्रबार १६:४६ प्रकाशित