गण्डकी अपडेटः थप १७ निको भए, ७ जनामा संक्रमण

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १७ संक्रमित निको भएका छन् । भने ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।

८९ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ ।यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ३४० पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ७७३ रहेको छ ।

संक्रमित हुने ७ जना कास्कीका रहेको निर्देशनालयले जनाएको छ।प्रदेशमा हालसम्म ३ लाख ५५ हजार ३८८ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १४२ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १२७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २५ रहेको छ ।

  • ९ पुष २०७८, शुक्रबार १६:२९ प्रकाशित