प्रसारण विभागद्धारा टेलिनेटको कार्यालयमा छापा

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा अवैधरूपले विदेशी श्रव्यदृष्य सामग्रीहरू प्रसारण गरिररहेको टेलिनेट प्रालीको त्रिपुरेश्वरस्थित कार्यालयमा सूचना तथा प्रसारण विभागले छापा मारेको छ ।

छापा मार्ने क्रममा टेलिनेटले नेपालमा प्रसारण अनुमतिको लाइन्सेस नपाएपछि विभागले सञ्चालकलाई पत्र काटेर छोडेको बताइएको छ । टोलीले आइतबार टेलिनेटका सञ्चालकलाई विभागमा उपस्थित हुन भनेको छ ।

टोलीले टेलिनेटका कर्मचारीलाई उक्त कम्पनीले अल्ट बालाजी र सोनीलिभका सामग्रीहरू के आधारमा नेपालमा प्रसारण गरिरहेका छन् भन्ने सोधपुछ गरेका थिए ।

  • ९ पुष २०७८, शुक्रबार १६:१८ प्रकाशित