‘ड्रिमल्याण्ड’: जहाँ काटिन्छ ५० रुपैयाँमा कपाल, होम सर्भिसको तयारी

केन्द्रभाग मिडिया

पोखरा ।

बारबर शपको दुनियाँमा फरक पहिचान स्थापित गर्ने उद्देश्य सहित पोखरामा ‘ड्रिमल्याण्ड बारबर शप’ (कपाल काट्ने ठाउँ) सञ्चालनमा आएको छ ।

पोखरा महानगरपालिका १ बगरस्थित धोविगौडा चोकमा दुई युवाको सँयुक्त लगानीमा उक्त शप संचालनमा ल्याईएको हो । बारबर शपका सञ्चालक रोशन लिम्बुले ५० रुपैयामा कपाल काट्ने सेवा प्रदान गरिरहेको बताए ।

उनले महङ्गिदो समयलाई मध्यनजर गर्दै सेवामुखी व्यवसायको अवधारणामा शप सुरु गरेको बताए । ‘हामीले नाफामुखी नभई सामाजिक उत्तरदायित्तव वहन गर्दै सेवामुखी व्यवसाय सुरु गरेका छौ, उनले भने, ‘नेपाली समुदायकै बारबर भाईहरुले सेवा दिनुहुन्छ । अहिलेसम्म हामीले कपाल काटेको ५० र दाह्री काटेको ३० रुपैयामा सेवा प्रदान गरिरहेका छौ ।’

उनले कपाल काट्ने पेशामा भारतीय मुलका नागरिहरु मात्रै नभई नेपालीहरु पनि अब्बल छन् भन्ने सन्देश प्रवाह गर्न समेत शप सञ्चालन गरेको बताए । ‘हामीहरु कपाल काट्ने भन्नेबित्तिकै ईन्डियन मात्रै भन्ने बुझ्छौ, लिम्बुले भने, ‘त्यसैले हाम्रै नेपाली भाईहरु पनि सक्षम र स्वाबलम्बी छन् भन्ने म्यासेज फ्लो गर्न पनि शप सुरु गरेका छौ ।’

संचालक लिम्बुले ग्राहकको माग अनुसार ५० रुपैयाको सेवालाई यथावत राख्दै अन्य दुई विधाको मुल्यसुचि पनि पौष १ गतेदेखि लागु गरि सेवा प्रदान गर्ने बताए । ‘युथहरुको रोजाई र मागलाई मध्यनजर गर्दै हामीले यही पौषको १ गतेदेखि दुईवटा मुल्यसुचि सहितको सेवा पनि एड गरेका छौ, ‘उनले भने, ‘स्टाईलिस र लाईनिङ सहितको सेवालाई हामीले दुई भागमा विभाजन गर्दै ग्रेड ‘ए’ को सेवा शुल्क १ सय ५० र ग्रेड ‘बि’को सेवा शुल्क १०० राखेका छौ । भने हाम्रो ब्राण्ड ५० रुपैया त यथावत नै छ ।’ उनका अनुसार शपले पुरुष तथा महिलाको हेयर कटिङसँगै, हेयरवास, हेयर हाईलाईट, हेयर ट्रिट, हेयर स्ट्रेट तथा कलरिङ सहित पार्लरसम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्दै आएको छ ।

होम सर्भिसको तयारीमा ‘ड्रिमल्याण्ड’

शपले व्यस्त समयको मध्यनजर गर्दै सेवाग्राहीलाई होम सर्भिसको तयारी गरेको संचालक लिम्बुले बताए । उनले यथाशिघ्र होमसर्भिसको व्यवस्था समेत सुरु गर्ने जानकारी दिए । ‘अहिलेका मानिसहरु निकै व्यस्त हुन्छन्, ‘उनीहरुको समयलाई मध्यनजर गर्दै हामीले होम सर्भिसको तयारी गर्दै छौ, उनले भने ‘होम सर्भिस हाम्रो पोखरा भ्याली भित्र मात्रै हुनेछ ।’

उनका अनुसार होम सर्भिसमा पुरुष तथा महिलाको ईच्छा अनुसारका हेयर कटिङ सर्भिस प्रदान गरिनेछ । उनले होम सर्भिससँगै ड्रिमल्याण्डले हेयर कटिङ सम्बन्धि तालिम सञ्चालन गर्ने तयारी समेत गरेको बताए ।

ग्राहकको सन्टुष्टी हाम्रो चाहना

बारबार शपले प्रदान गर्दै आएको ५० रुपैयाको सेवामा पूर्ण सन्तुष्टी रहेको सेवाग्राहीहरु बताउदै आएका छन् । उनीहरुले महङ्गिदो समयमा सस्तो शुल्कमा गुणस्तरिय सेवा प्रदान गरेको भन्दै खुशी व्यmक्त गरेका हुन् ।

सीमपानीका हरिदेव अधिकारीले बारबर शपले प्रदान गरेको सेवामा कुनै कमी कमजोरी नरहेको बताए । ‘५० रुपैयामा कपाल काट्न पाउदा छोटो समयमा पटक पटक पनि काटिन्छ, उनले भने, ‘सस्तो पैसा भनेर कपाल कटाई नराम्रो छैन । उहाँहरुको सेवा र गुणस्तरमा केही कमी छैन । उहाँहरुको डेकोरेशन अनुसार त पैसा निकै कम होनी ।’ उनले थपे ।

त्यस्तै मोहरियाका रिम बहादुर बिक पनि बारम्बार सेवा लिन ड्रिमल्याण्ड नै पुग्ने गरेको बताए । उनले सस्तो शुल्कसँगै गुणस्तरिय सेवाकै कारण जति समय खर्चेर पनि कपाल र दाह्री काट्न ड्रिमल्याण्ड जाने दोहोर्याए । ‘कपालसँगै दाह्री र जुंगा काट्न म त्यही जान्छु, उनले भने, ‘अझ त्यहाँको रमाईलो कुरा त दाह्री काट्दा जुंगा फ्रि रैछ ।’ कपाल त सस्तै नै भैगोनी ।

  • ९ पुष २०७८, शुक्रबार १४:०४ प्रकाशित