चुनावको मिति तोक्‍न निर्वाचन आयोगले प्रधानमन्त्री देउवासँग छलफल गर्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दैछ । स्थानीय तहको निर्वाचनबारेमा आयोगले प्रधानमन्त्री देउवासँग आज दिउँसो छलफल गर्न लागेको हो ।

आउँदो बैशाखमा स्थानीय तहको निर्वाचन गर्नेबारे प्रधानमन्त्री देउवासँग छलफल गर्न लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

स्थानीय तहका जनप्रतिनिधिको अवधि २०८७ चैत ५ गते सकिँदैछ । आयोगले २०७९ वैशाख २० मा निर्वाचन गर्ने तयारी गरेको आयोगले बताएको छ ।

  • ९ पुष २०७८, शुक्रबार १३:५६ प्रकाशित