निर्वाचन आयोगले भन्यो,‘सरकारले चाहे हामी लिपुलेक र कालापानीमा चुनाव गर्न तयार छौँ’

केन्द्रभाग मिडिया

धुलिखेल ।

निर्वाचन आयोगले सरकारले आदेश दिए लिपुलेक र कालापानीमा चुनाव गर्न आफुहरु तयार रहेको बताएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले कालापानी लिपुलेकमा निर्वाचन के गर्ने भन्ने विषय सरकारको भएकाले सरकारले चाहे आफुहरु तयार रहेको रहेको बताएका हुन् ।

काभ्रेको धुलिखेलमा सञ्चारकर्मीसँग कुरा गर्दै पौडेलले भने, ‘लिपुलेक, कालापानीमा निर्वाचन गर्ने, सरकारको कुरा हो, सरकारले आदेश दिए हामी निर्वाचन गर्न तयार छौँ ।

  • ९ पुष २०७८, शुक्रबार १३:३० प्रकाशित