पुसभित्रै भारत भ्रमणमा जाने प्रधानमन्त्री देउवाको तयारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवा पुसभित्रै भारत भ्रमणमा जाने तयारीमा जुटेका छन्। यदपि निश्चित मिति तय भइसकेको छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा पाएपछि भ्रमणबारे तयारी गर्न प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन्। यससँगै मन्त्रालयका कर्मचारी भारत भ्रमणको आन्तरिक गृहकार्यमा लागेका हुन्।

‘भ्रमणको अन्तिम गृहकार्य भइरहेको छ’, परराष्ट्रका एक उच्च अधिकारीले भने, ‘नेपालका तर्फबाट उठाउने विषयवस्तुबारे छलफल चलाएका छौं।’

  • ९ पुष २०७८, शुक्रबार १०:०३ प्रकाशित