प्रहरीकै मोटरसाइकल लिएर कैदी फरार, मिलेमतोको आशंका

केन्द्रभाग मिडिया

दाङ ।

दाङमा एक कैदी प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन् । उपचारका लागि भनेर अस्पताल लगिएका कैदी अस्पतालबाटै प्रहरीको मोटरसाइकल लिएर भागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घोराहीस्थित कारागारमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका राजपुर गाउँपालिका २८ का जयराम परियार फरार भएका हुन् ।

उनी घोराही कारागारका नाइके समेत रहेको बताइएको छ। फरार परियार छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा प्रहरी जवान धनबहादुर चौधरीसँगै लु ३४ प ४१० नम्बरको मोटरसाइकल चढेर गएका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेको प्रहरीले जनाएका छन् ।

प्रहरी जवान चौधरीको मिलेमतोमा परियार भागेको आशंका गरिएको छ । घटनाबारे प्रहरी जवान चौधरीले ढिलागरि मात्रै जानकारी गराएका थिए । चौधरीको भूमिका शंकास्पद देखिएपछि उनलाई थुनामा राखेर अनुसन्धान भैइरहेको छ ।

  • ९ पुष २०७८, शुक्रबार ०९:५३ प्रकाशित