काँग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई भोली प्रमाणपत्र दिइने

केन्द्रभाग मिडिया

नेपाली काँग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई शनिबार पुस १० गते प्रमाणपत्र वितरण गरिने भएको छ । काँग्रेसको निर्वाचन समितिले विहीबार मत गणना सकेर १० गते प्रमाणपत्र वितरण गर्न लागेको हो ।

काँग्रेसको १४ औं महाधिवेशनबाट १३ जना पदाधिकारी र १३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । उनीहरुलाई १० गते विहान ११ बजे पार्टी कार्यालय सानेपामा प्रमाणपत्र वितरण गरिने काँग्रेसको निर्वाचन समितिले जनाएको छ ।

  • ९ पुष २०७८, शुक्रबार ०९:३३ प्रकाशित