मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्ः एमाले अध्यक्ष ओली

केन्द्रभाग मिडिया

पर्सा ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले साथ र हात दिएर यो अवस्थामा ल्याएको बताएका छन् । पर्साको जगरनाथपुर गाउँपालिकामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

विशाल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मैले साथ दिएर, मैले हात दिएर माओवादी यहाँ पुग्यो तर प्रचण्डले कुरा बुझेनन्।’ वर्तमान सरकार जनताले चाहेको सरकार नभएको समेत उनले बताए । जनताले नेपाली कांग्रेसलाई २७५ मा ६० र प्रत्यक्ष निर्वाचित १६५ मा २३ मा झारिदिएको उल्लेख गरे।

उनले गठबन्धन जनताको पीरमर्का सुन्न र विकासका लागि नभएको दाबी गरे। आज आयोजित विशाल जनसभामा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित गाउँपालिका अध्यक्ष जालिम मियाँको नेतृत्व पार्टी प्रवेश गर्नुहुने नेता–कार्यकर्तालाई स्वागत उनले स्वागत गरेका थिए ।

  • ८ पुष २०७८, बिहीबार १६:५९ प्रकाशित