केन्द्रीय सदस्य मनोनित गदै सभापति देउवा, मनोनित हुने को–को हुन् ?

केन्द्र खबर

काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मनोनित गर्ने भएका छन्। देउवाले ३ जना शिर्ष नेतालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गर्न लागेका हुन् । केन्द्रीय समितिको बैठक बस्नु पहिले नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला र प्रकाशमान सिंहलाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।

पौडेल चुनावी प्रतिष्प्रर्धामा देखिएनन् भने, मतदानमा समेत सहभागी भएका थिएनन् ।

केन्द्रीय सदस्य मनोनित हुन लागेका सिंह १४औं महाधिवेशनमा पार्टी सभापतिका प्रतिस्पर्धी थिए। सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुँदा सिंहले देउवालाई समर्थन गरेका थिए। भने सिटौलाले पनि देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिको बैठक शनिबार बस्न लागेको छ। केन्द्रीय समितिको पहिलो बैठक बस्नु अगाडि सभापति देउवाले ३ जना नेतालाई केन्द्रीय सदस्य मनोनित गर्न लागेका हुन्।

कांग्रेसको विधानमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्नसक्ने व्यवस्था छ। बाकीँ सदस्य पछि मनोनित गर्ने बताइएको छ ।

  • ८ पुष २०७८, बिहीबार १६:२५ प्रकाशित