प्रदेश २ चुनावमा निधि– कोइराला प्यानलाई जिताउन भन्दै सभापति देउवाको म्यासेज आए पछि….

केन्द्रभाग मिडिया

जनकपुर ।
नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन चलिरहेको बेला मतदाताको मोवाइलमा सभापति शेरबहादुर देउवाको नाममा म्यासेज आएको छ । एल टी अलर्टबाट आएको म्यासेजमाा कोइराला र विमलेन्द्र निधि प्यानका उम्मेदवार रामसरोज यादवको प्यानललाई जिताउर्न आग्रह गरिएको छ ।

प्रदेश २ मा देउवा पक्षबाट कृष्णा राय यादवले उम्मेदवारी दिएका छन् । तर सभापतिको नाममा कोइरालाÞ–निधि पक्षक उम्मेदवारलाई मत मागिएको छ । म्यासेजले मतदातालाई भ्रम फैलाएको भन्दै देउवा पक्षका उम्मेदवार यादवले भ्रममा नपर्न आग्रह गरेका छन् ।

म्यासेजमा लेखिएको छ, ‘जय नेपाल प्रदेश अधिवेशनमा सभापति राम सरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउनु हुन हार्दिक अनुरोध । शेरबहादुर देउवा । म्यासेजनको आधिकारीकता भने खुल्न सकेको छैन ।

 

  • ८ पुष २०७८, बिहीबार १५:०१ प्रकाशित