प्रदेश २ बैठकः नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुँदै

केन्द्रभाग मिडिया

जनकपुरधाम ।
प्रदेश २ को प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने भएको छ।प्रदेशसभाको आठौं अधिवेशनको दोश्रो बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको हो।

बिहीबार बस्ने प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेश हुने तय भएको छ भने स्थायी राजधानी तोक्ने विषयमा छलफल हुने कार्यसूची उल्लेख रहेको छ ।

त्यस्तै पछिल्लो बैठकमा पेश भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।अध्यादेश विरुद्ध प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्विकार गर्ने प्रस्ताव पेश गर्नेछन् ।

सो प्रस्ताव माथि छलफल हुने तथा आज नै यस अध्यादेशलाई स्वीकृत गर्ने कार्यसूची रहेको प्रदेशसभाका सचिव रंजित कुमार यादवले जानकारी दिए।यता नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अन्तर्गत आज मतदान भइरहेका कारण प्रदेशसभा बैठक प्रभावित हुने आकलन गरिएको हो।

  • ८ पुष २०७८, बिहीबार १४:०८ प्रकाशित