कांग्रेस दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक, को-को निर्वाचित भए ?

केन्द्र खबर

काठमाडौं ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत दलित केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मङ्सिर २७ गते भएको मतदानको आज सार्वजनिक परिणाममा दलित खुलातर्फ पाँच पदका लागि भएको निर्वाचनमा मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मिकी निर्वाचित भएका छन् ।

दलित महिलातर्फ लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रुपा विश्वकर्मा निर्वाचित भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

  • ८ पुष २०७८, बिहीबार १३:०१ प्रकाशित