गण्डकी प्रदेशबाट पनि देउवा समुहक अधिकांश निर्वाचित

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा गण्डकी प्रदेशमा संस्थापन पक्ष बलियो देखिएको छ । शेरबहादुर देउवा समुहका धेरै उम्मेदवारहरु निर्वाचित भएका हुन् ।

डा.शेखर कोइराला पक्षका कांग्रेस पदाधिकारीमा उपसभापतिमा धनराज गुरुङ र सहमहामन्त्रीमा जीवन परियार निर्वाचित भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल कांग्रेस गण्डकी प्रदेश खुल्ला केन्द्रीय सदस्यमा २३०६ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यस्तै, शेखर निकटका शशांक कोइराला पनि गण्डकी प्रदेश केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

देउवा पक्षबाट धुव्र वाग्ले गण्डकी प्रदेश खुल्ला केन्द्रीय सदस्यमा २७२० मत प्राप्त गरेर विजयी भएका छन् । यसैगरी, गण्डकी प्रदेश महिला केन्द्रीय सदस्यमा सरस्वती अर्याल तिवारी निर्वाचित भएकी छिन् ।

यसैगरी, गण्डकीबाट गोपालमान श्रेष्ठ, गोविन्द भट्टराई, शंकर भण्डारी र गुरु बराल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ, भट्टराई, भण्डारी र बराल देउवा पक्षबाट उम्मेदवार बनेका थिए ।

  • ८ पुष २०७८, बिहीबार १०:५९ प्रकाशित