चीनमा लकडाउनः दुई दिन बिराएर एक घरबाट एक जना सामान किन्न बाहिर निस्कन पाउने

केन्द्रभाग मिडिया

कोरोनाभाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शीयान सहरमा लकडाउन घोषणा गरिएको छ ।

संक्रमण फेरि फैलिन थालेपछि सर्तकता अपनाउन र संक्रमण नियन्त्रणका लागि पुन लकडाउनको घोषणा भएको हो । चिनिया अधिकारीहरुले एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका छन्।

डिसेम्बर ९ देखि त्यहाँ १४३ जनामा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको हो ।धवार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउँछन्।

चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ। महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ।

आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ।शीयानवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन्।

स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो।

यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन।शीयान अवस्थित शान्शी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ।

  • ८ पुष २०७८, बिहीबार १०:१८ प्रकाशित