मनाङ/मुस्ताङको तापक्रम माइनसः खोला र ताल जम्न थाले

केन्द्रभाग मिडिया

मनाङ ।

चिसो बढेसँगै हिमाली जिल्ला मनाङ मुस्ताङका खोलानाला र हिमताल जम्न थालेका छन् ।अत्यधिक चिसो बढेसँगै मनाङका खोलासँगै आधा दर्जन हिमताल जमेर चट्टानझैं भएको बताइएको छ।

४ हजार ९१९ मिटरमा रहेको तिलिचो, भ्राकामा पर्ने ४ हजार ६ सय मिटरमा रहेको केंचो ताल ९आइसलेक०, धारापानीको नाचैमा पर्ने डोना ताल र थोंचेमा पर्ने पोङकर लगायतका ताल पनि यतिबेला जमेका छन् ।

चिसोसँगै खानेपानीको मुहानसमेत जमेका छन् ।जाडो बढेसँगै मनाङको तापक्रम दिउँसो पनि माइनसमा र साँझ-बिहान माइनस ६ देखि माइनस १० डिग्री सेल्सियससम्म पुग्ने गरेको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । तिमाङदेखि थान्चोक, चामे हुँदै माथिल्लो क्षेत्रमा पाइपको पानीसमेत जमेको छ ।

मनाङमा मंसिर–पुसदेखि फागुनसम्म हिमताल प्रायस् जमिरहेका हुन्छन् । अत्यधिक चिसोले बगिरहेका खोलाहरू जम्न थालेका छन् । स्थानीयको अनुसार अनुसार राति जमेको पानी दिउँसो भएपछि मात्रै बग्ने गर्छ ।

धारामा पानीसमेत जम्न थालेपछि मनाङबासीलाई पिउने पानीको समस्या हुन थालेको छ ।

  • ८ पुष २०७८, बिहीबार ०९:४८ प्रकाशित