केन्द्रीय सदस्यलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आयोगको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले राजनीतिक दलको महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई ६० दिन भित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

आयोगले दललाई आफ्ना पदाधिकारी र सदस्यको सम्पत्ति विवरण संकलन गरी अभिलेद राख्न निर्देशन दिने निर्णय गरेको छ । आयोगको निर्देशन अनुसार समितिका पदाधिकारी र केन्द्रीय सदस्यले ६० दिनभित्र सम्पति विवरण बुझाउनु पर्ने भएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका सबै दलका पदाधिकारी र सदस्यले यो प्रावधान पालना गर्नुपर्ने छ । यसअघि यसरी आयोगले केन्द्रीय सदस्यलाई सम्पत्ति विवरण बुझाउन ताकेता गरेको थिएन ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलको अनुसार सम्पत्ति विवरण पेस गर्नुपर्ने अवधि नाघेको एक महिनाभित्र दलहरुले उसको नाम प्रकाशन गर्नु पर्ने कानुनी व्यवस्था छ ।

  • ८ पुष २०७८, बिहीबार ०९:३० प्रकाशित