कांग्रेसको प्रदेश २ अधिवेशनमा दुइ पक्षबीच झडप

केन्द्रभाग मिडिया

जनकपुरधाम ।
नेपाली कांग्रेसको प्रदेश २ समितिको महाधिवेशन स्थलमा झडप भएको छ । मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको छ । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।

आज विहानै मतदान गर्ने भनिए पनि मतपत्र छपाइमा ढिला भएको भन्दै मतदान बेलुका ४ बजेसम्म पनि सुरु भएको थिएन ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

झडपमा केही सामान्य घाइते भएका छन् ।

दुइ पक्षबीच विवाद भएपछि आजका लागि तोकिएको निर्वाचन कार्यक्रम स्थगित भएको निर्वाचन समितिका संयोजक प्रल्हाद गौतमले जानकारी दिए । बिहीबार विहान ८ बजेदेखि मतदान हुने गौतमले बताए ।

  • ७ पुष २०७८, बुधबार १७:३७ प्रकाशित