माओवादी प्रदेश १ अधिवेशनः पदाधिकारी छान्न ७ बजेदेखि मतदान

केन्द्रभाग मिडिया

विराटनगर ।

नेकपा माओवादी केन्द्रको प्रदेश १ को पदाधिकारी चयनका लागि आज साँझ ७ बजेबाट मतदान हुने भएको छ । प्रदेश समितिको बैठकले अध्यक्ष, उपाध्यक्ष, सचिवसहितका पदाधिकारी सहमतिबाट चयन गर्न नसकेपछि प्रदेश १ मा निर्वाचन हुन लागेको हो ।

विराटनगरस्थित पार्टी कार्यालयमा हुने निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् ।

माओवादी केन्द्रको प्रदेश समितिमा ९ पदाधिकारीका लागि ३० आकांक्षी रहेका छन् ।

  • ७ पुष २०७८, बुधबार १६:५३ प्रकाशित