पुनर्निर्माणको काम समयमै पूरा गर्न प्रधानमन्त्री देउवाको निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पुनर्निर्माणका क्रममा हस्तान्तरण भई सम्पन्न हुन बाँकी कार्य समयमै पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवाको अध्यक्षतामा बुधबार बसेको निर्देशक समितिको २१औँ बैठकमा पुनर्निर्माणका बाँकी कार्यमा बजेटको अभाव नहुने विश्वास दिलाएका हुन् ।

प्रधानमन्त्रीले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको पुनःस्थापनासम्बन्धी कार्यलाई सफलतापूर्वक सम्पन्नताको चरणमा पु¥याउन सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई धन्यवाद दिए ।

भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन, २०७२ को दफा ३ ३ को व्यवस्था तथा सोअनुरुप नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ मङ्सिर १५ गतेको निर्णयानुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल यही पुस ९ गतेदेखि सकिँदैछ ।

  • ७ पुष २०७८, बुधबार १६:३४ प्रकाशित