गण्डकी अपडेटः थप १६ जनामा संक्रमण, १४९ जना होम आइसोलेसनमा

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१४६ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ । कोरोनाबाट सोही समयमा १७ जनामात्रै निको भएका छन् ।

यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८८ हजार ३२२ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ७३४ रहेको छ ।
संक्रमित हुनेमा कास्कीका १४ र तनहुँका २ रहेका छन् । ७ महिला र ९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

प्रदेशमा हालसम्म ३ लाख ५५ हजार १५० जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १६३ सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १४९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ । प्रदेशमा ज्यान गुमाउनेको संख्या १ हजार ४ सय २५ रहेको छ ।

 

  • ७ पुष २०७८, बुधबार १६:३१ प्रकाशित