ग्रिस गाडी दुर्घटनामा ज्यान गुमाउनेमा गण्डकीका एक जना, मृतक चारै नेपालीको सनाखत

केन्द्रभाग मिडिया

एजेन्सी।

मंसिर पहिलो साता ग्रिसमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने चारै नेपालीको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा गण्डकी प्रदेशका एक व्यक्ति पनि रहेका छन् ।

मृत्यु हुनेमा गण्डकी प्रदेश अन्तर्गत घिरिङ गाउँपालिका ५ तनहुँका ओम बहादुर थापा, भिमेश्वर नगरपालिका–६ दोलखाका राजु लामा, आमाछोदिङमो गाउँपालिका–३ रसुवाकी शर्मिला तामाङ भनिने रमिला घले र गौरीगंगा नगरपालिका–४ कैलालीका लक्ष्मण सापकोटा रहेका छन् ।

गैरकानुनी रुपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा भएको गाडी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको हो ।दुर्घटनामा घाइते भएका अन्य दुई नेपालीको अवस्था भने सामान्य रहेको नेपाली राजदुतावबासले जनाएको छ ।

भीमेश्वर नगरपालिका–९ दोलखाका मनु लामा र गौरीगंगा नगरपालिका–४ कैलालीका लोकराज आचार्य सोही गाडी दुर्घटनामा परेर घाईते भएका छन् ।

  • ७ पुष २०७८, बुधबार १५:२२ प्रकाशित