माओवादीले राष्ट्रिय सम्मेलनमा अतिथि नबोलाउने: कुन प्रदेशबाट कति प्रतिनिधि?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रले तामझाम बिनै राष्ट्रिय सम्मेलन गर्ने भएको छ । सम्मेलनमा देशभित्र र बाहिरका कुनै पनि अतिथिलाई नबोलाउने माओवादी केन्द्रले बताएको छ ।

राष्ट्रिय सम्मेलन भएकाले आफ्ना प्रतिनिधिलाई मात्र सहभागी गराउने बताइएको छ। सबुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता कृष्णबहादुर महराले   १५३३ जना प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने जानकारी दिए ।

प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८ सय ३ हुने छ । त्यस्तै आयोजकका तर्फबाट १ सय ७९ हुने छन् ।त्यस्तै सल्लाहकारबाट १ सय ४९ हुने छन् ।केन्द्रीय प्रतिनिधि २७ जना हुने छन् भने ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १ सय २५ जना प्रतिनिधि हुने छन् । जम्मा प्रतिनिधिको ५ प्रतिशत ७३ जना मनोनीत हुने छन् । केन्द्रीय विभागबाट १ सय २ र आयोगबाट ७५ जना प्रतिनिधि हुनेछन्

 सम्मेलनमा प्रदेश १ बाट ९६, प्रदेश २ बाट १०६, बागमती प्रदेशबाट १२८, गण्डकीबाट ७४, लुम्बिनीबाट १०५, कर्णालीबाट ८७, सुदूरपश्चिमबाट ८४ जना सहभागी हुनेछन् ।

सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञा भवन कमलादीमा हुँदैछ । ।

  • ७ पुष २०७८, बुधबार १५:१२ प्रकाशित